Sunday, February 15, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

संविधानले दिएको हक कसैले रोक्न सक्दैन : प्रधानमन्त्री कार्की

EasyKhabar by EasyKhabar
January 5, 2026
in विशेष समाचार, समाचार
0
A A
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गरेको छ। भेटका क्रममा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी (खिचरी, खिचडी, तिलासक्राइत, माघ) महोत्सवमा उपस्थितिका लागि औपचारिक निम्तो दिएको हो।

मूल आयोजक समितिका संयोजक तथा थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुने थारू राष्ट्रिय माघी (खिचरी, खिचडी, तिलासक्राइत, माघ) महोत्सवको निमन्त्रणापत्र प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरे।

सो अवसरमा अध्यक्ष चौधरीले थारू समुदायका दीर्घकालीन माग तथा मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै संविधान जारी भएको करिब एक दशक बितिसक्दा पनि निजामती सेवामा थारू समुदायको आरक्षण सुनिश्चित हुन नसकेको गुनासो व्यक्त गरे। उनले राज्यका निकायहरूमा थारू समुदायको समावेशी र समान प्रतिनिधित्व सुनिश्चित गर्न ठोस पहल आवश्यक रहेको बताए।

जवाफमा प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा सुनिश्चित भइसकेका हक अधिकारको प्रयोग कसैले रोक्न नहुने स्पष्ट धारणा राखिन्। उनले भनिन्, “संविधानले दिएको अधिकार कसले र किन रोकेको छ भन्ने कुरा मैले पनि बुझ्न सकिरहेकी छैन। म यसप्रति चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन।”

प्रधानमन्त्री कार्कीले नेपाल सबै समुदायको साझा फूलबारी भएकाले राज्यका सबै संरचनामा सबै समुदायको उचित प्रतिनिधित्व अनिवार्य रहेको उल्लेख गरिन्। सबै समुदायको सहभागिताबाट मात्र समावेशी र दिगो विकास सम्भव हुने उनको भनाइ थियो।

थारू समुदायले प्रत्येक वर्ष माघे संक्रान्तिका दिन आफ्नो प्रमुख सांस्कृतिक पर्व माघी (खिचरी, खिचडी, तिलासक्राइत, माघ) उत्सवका रूपमा मनाउँदै आएको छ। यसै अवसरमा आयोजना हुने थारू राष्ट्रिय माघी महोत्सव नेपालमै मात्र सीमित नरही विश्वव्यापी रूपमा मनाउने तयारी गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार बेलायत, पोर्तुगल, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, भारत र जापानलगायत विश्वका विभिन्न देशहरूमा थारू समुदायको सक्रिय सहभागितामा माघी विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ। ती सबै कार्यक्रमका लागि अनलाइन मिडिया पार्टनरका रूपमा EasyKhabar लाई समावेश गरिएको छ।

माघी पर्व थारू समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र ऐतिहासिक परम्परासँग गहिरो रूपमा जोडिएको पर्व मानिन्छ।

Related Posts

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
विशेष समाचार

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

February 13, 2026
जनयुद्ध दिवस: राजनीतिक परिवर्तनको ऐतिहासिक मोड
विचार

जनयुद्ध दिवस: राजनीतिक परिवर्तनको ऐतिहासिक मोड

February 13, 2026
माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन
मुख्य समाचार

माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन

February 3, 2026
नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार
मुख्य समाचार

नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार

January 20, 2026
गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु
विशेष समाचार

गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु

January 20, 2026
प्युठान–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका श्यामलाल गहताजको उम्मेदवारी मनोनयन
समाचार

प्युठान–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका श्यामलाल गहताजको उम्मेदवारी मनोनयन

January 20, 2026
लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव
प्रवास

लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

January 16, 2026
Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

उम्मेदवारले नाम फिर्ता लिन सक्ने

January 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.