अनुराग महतो, दुबई, यूएई । २५७०औँ बुद्ध जयन्तीको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा एक भव्य कार्यक्रम सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ यूएई तथा आवद्ध जातीय संस्थाहरूको मुख्य आयोजनामा दुबईस्थित Club SK 7 को हलमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा यूएईमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहमा भगवान बुद्धको जीवन, शिक्षाहरू तथा शान्ति, अहिंसा र करुणाको सन्देशबारे चर्चा गरिएको थियो।
कार्यक्रममा भिक्षुहरूद्वारा पूजाआजा, दीप प्रज्वलन तथा शान्ति पाठ गरिएको थियो भने विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। सहभागीहरूले बुद्धका शिक्षालाई आत्मसात गर्दै समाजमा सद्भाव र एकताको सन्देश फैलाउनुपर्नेमा जोड दिएका थिए।
आयोजक संस्थाले विदेशमा रहेर पनि नेपाली मौलिकता, संस्कृति र धार्मिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। उनीहरूले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
कार्यक्रमले यूएईमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएको विश्वास गरिएको छ।










