• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Sunday, November 29, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

प्रतिभा नक्षत्र यूकेको अध्यक्षमा विजया दाहाल भण्डारी, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

EasyKhabar by EasyKhabar
November 29, 2026
in प्रवास, विशेष समाचार
A A
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

लन्डन। प्रतिभा नक्षत्र यूकेको अध्यक्षमा विजया दाहाल भण्डारी निर्वाचित हुनुभएको छ। लन्डनको प्लमस्टेडस्थित नखाः छेः यूकेमा शनिबार सम्पन्न संस्थाको तेस्रो अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

यसअघि संस्थाको उपाध्यक्ष तथा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएकी भण्डारीले अब आगामी दुई वर्ष संस्थाको नेतृत्व गर्नुहुनेछ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सत्यप्रसाद प्रजापति, सचिवमा आस्था जोशी, सहसचिवमा रेनुका मगर, कोषाध्यक्षमा लभसन खड्का र सहकोषाध्यक्षमा अमिका महत क्षेत्री चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा राजेन्द्र खस, ओम महतो, आशिष श्रेष्ठ, कवि कुसुम्या, भाविका लोप्चन, सौरभी दाहाल, युजिता मल्ल, नितेश देव, सुमित शेखर देव, राममाया थापा विष्ट, जीवनबहादुर शाही, सुजाता लिम्बू र ईन्दु इस्बु लिम्बू चयन हुनुभएको छ। २१ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ।

सुशील प्रजापतिको संयोजकत्वमा सवेन्द्र अधिकारी र दिलु थापा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत घोषणा गर्दै पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएको थियो।

अधिवेशनले मनिषकुमार श्रेष्ठ, सूर्यविक्रम केसी र इन्द्रकुमार कार्कीलाई संस्थाको ट्रष्टी चयन गरेको छ। संरक्षकमा सिम्मी पुन, सुशील प्रजापति, सुलभ श्रेष्ठ र ओमप्रसाद थापा काउचा चयन हुनुभएको छ भने निर्देशकमा राजेन्द्र खस, लछुमन गुरुङ र सन्तोष कार्की चयन हुनुभएको छ। केही पदाधिकारी, सदस्य तथा सल्लाहकार पद भने पछि कार्यसमितिबाट चयन गरिने जनाइएको छ।

निवर्तमान अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीका अध्यक्ष ह्यारी गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा काउन्सिलर जीत रानाभाट, निर्वाचन समिति संयोजक तथा पासा पुचः यूकेका अध्यक्ष सुशील प्रजापतिलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम महासचिव आस्था जोशीले सञ्चालन गर्नुभएको थियो।

अधिवेशनमा सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत वार्षिक तथा आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो। त्यसैगरी, संस्थाको विधान संशोधन प्रस्तावसमेत अधिवेशनबाट पारित भएको छ।

सन् २०१७ मा राजेन्द्र खसको परिकल्पनामा बेलायतमा नेपाली कला, संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले प्रतिभा नक्षत्र स्थापना भएको हो। संस्थाले हालसम्म सात संस्करणका कार्यक्रम सम्पन्न गरिसकेको छ। बेलायतको लर्ड मेयर शोदेखि वार्षिक नेपाली मेलालगायत विभिन्न महत्वपूर्ण सांस्कृतिक मञ्चमा नेपाली कला र संस्कृतिको प्रदर्शन तथा प्रवर्द्धन गर्दै आएको छ।

प्रतिभा नक्षत्रले हालै नेपाल शाखासमेत स्थापना गरेको छ। संस्थाले अब काठमाडौं र सुर्खेतमा ‘अस्तित्व जात्रा’ आयोजना गर्ने तयारी गरेको छ। उक्त जात्रामार्फत पूर्वदेखि पश्चिम नेपालसम्मका मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीवितरण गर्ने लक्ष्य राखिएको छ।

Related Posts

काठमाडौँमा रात्रिबस चल्ने
विशेष समाचार

काठमाडौँमा रात्रिबस चल्ने

November 29, 2026
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला
विशेष समाचार

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला

November 13, 2026
ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी
अर्थतन्त्र

ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी

November 13, 2026
संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग
प्रवास

संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग

November 13, 2026
बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link
अर्थतन्त्र

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

November 13, 2026
लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान
प्रवास

लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

November 13, 2026
क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन
प्रवास

क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन

November 13, 2026
लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित
प्रवास

लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित

November 13, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om
  • +977 9851169768 (WhatsApp)
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.