Wednesday, April 29, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

नवलपुरमा प्रचण्डलाई इसाई समाजको ज्ञापनपत्र, मागमा सकारात्मक प्रतिक्रिया

EasyKhabar by EasyKhabar
September 20, 2025
in समाचार
0
A A
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । इसाई समाज नवलपरासी पूर्वका अध्यक्ष भोज बहादुर थनेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इसाई समुदायसँग सम्बन्धित मागसहित ज्ञापनपत्र बुझाएका छन्।

प्रचण्ड हिजो नवलपरासी पूर्वको थारु समुदायको महान पर्व अनत (अन्हार) को अवसरमा सहभागी हुन पुगेका थिए। कार्यक्रममा इसाई समाजले धार्मिक स्वतन्त्रता र सुविधासम्बन्धी विषयहरू राख्दै विशेषत: इसाई धर्मावलम्बीको लागि चिहान (कब्रिस्तान) को व्यवस्था गर्नुपर्ने तथा भयमुक्त वातावरणमा संगति (सभा/उपासना) गर्न पाउने सुनिश्चितता दिलाउनुपर्ने माग प्रस्तुत गरेको थियो।

ज्ञापनपत्र बुझाइसकेपछि प्रचण्डले मागलाई ध्यानपूर्वक सुनेर सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। उनले धार्मिक स्वतन्त्रता नेपालको संविधानले सुनिश्चित गरेको अधिकार भएको र व्यवहारमै कार्यान्वयन गर्न आफू प्रयासशील रहने बताएका सहभागीहरूले जानकारी दिए।

यस अवसरमा प्रचण्डले थारु डण्डास्थित थनेत परिवारमा पुगेर भेटघाट पनि गरेका थिए। भोज बहादुर थनेत माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य स्वर्गीय खडक बहादुर थनेतका जेठ छोरा हुन्। खडक बहादुर थनेत प्रचण्डका निकट मित्र समेत रहेका थिए। भेटघाट क्रममा प्रचण्डले थनेत परिवारसँग विगतको मित्रता स्मरण गर्दै पारिवारिक आत्मीयता आदानप्रदान गरेका थिए।

Related Posts

सभामुख अर्याल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
समाचार

सभामुख अर्याल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

April 28, 2026
सरकारी गाडी फिर्ता: ६२२ सवारी साधन फिर्ता ल्याइयो
समाचार

सरकारी गाडी फिर्ता: ६२२ सवारी साधन फिर्ता ल्याइयो

April 28, 2026
काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा
समाचार

काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा

April 27, 2026
सरकारको एक महिना: सुधार एजेन्डा बीच राजनीतिक तातो अवस्था
समाचार

सरकारको एक महिना: सुधार एजेन्डा बीच राजनीतिक तातो अवस्था

April 27, 2026
मन्त्रिपरिषद्मा संकट: गृहमन्त्री गुरुङको राजीनामा, सम्पत्ति छानबिन सुरु
समाचार

मन्त्रिपरिषद्मा संकट: गृहमन्त्री गुरुङको राजीनामा, सम्पत्ति छानबिन सुरु

April 24, 2026
कान्तिपुर मिडियाबाट सम्भव सिरोहियाको राजीनामा
समाचार

कान्तिपुर मिडियाबाट सम्भव सिरोहियाको राजीनामा

April 23, 2026
व्यवसायी शेखर गोल्छा पक्राउ
समाचार

व्यवसायी शेखर गोल्छा पक्राउ

April 23, 2026
सर्वोच्चसहित अदालतबाट ६२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट
समाचार

सर्वोच्चसहित अदालतबाट ६२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट

March 25, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.