काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

पार्टीको विशेष केन्द्रीय समिति बैठकले भट्टराईको राजीनामा प्रस्तावलाई स्वीकृति दिएको छ। बैठकले उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा महाधिवेशन आयोजना समिति गठन गर्ने निर्णय गरेको छ। सोब समिति संयोजक बनेकी छिन् ।










