• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Sunday, June 14, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

मन्त्री घिसिङ र चिनियाँ राजदूत बीच भेटवार्ता

EasyKhabar by EasyKhabar
September 25, 2025
in मुख्य समाचार, समाचार
0
A A
0

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत छन सोङ बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

भेटमा नेपाल–चीन बीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौँ—कोदारी (अरनिको) र स्याप्रुबेँसी—रसुवागढी सडक महत्त्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितिका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रूपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो।

उहाँले काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङ्की—बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी काेरिडोरमा धेरै जलविद्युत् आयोजनाहरू निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गर्नुभयो।

चिनियाँ कम्पनीले ठेक्का लिएका कमला—कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको, नारायणघाट—बुटवल र मुग्लिन—पोखरा सडक विस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो।
राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सँधै तयार रहेको उल्लेख गर्नुभयो।

भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका सहभागी थिए।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश
समाचार

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

May 21, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

May 15, 2026
मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद
समाचार

मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद

May 9, 2026
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार
मुख्य समाचार

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

May 8, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

May 8, 2026
पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता
मुख्य समाचार

पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता

May 8, 2026
प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म
विशेष समाचार

प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म

May 7, 2026
भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी
विशेष समाचार

भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी

May 6, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d