Thursday, April 30, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

बौद्धमा विश्व भिगन दिवसका अवसरमा कला प्रदर्शनी र सांगितिक कार्यक्रम सम्पन्न

EasyKhabar by EasyKhabar
November 5, 2025
in समाचार, मुख्य समाचार
0
A A
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँको बौद्धस्थित उत्पला क्याफेमा शनिवार “सर्वप्राणी करुणा र शाकाहार प्रवर्द्धन” शीर्षकमा कला प्रदर्शनी र सांगितिक कार्यक्रम सम्पन्न भएको छ। नेपाल एनिमल सेभ संस्थाद्वारा विश्व भिगन दिवसको अवसरमा आयोजित कार्यक्रममा देश–विदेशका पशुप्रेमी, कलाकार, र अहिंसा अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भिगन अर्थात् पूर्ण शाकाहारी जीवनशैलीमा दही–दूध, मासु, माछा मात्र होइन, जनावरका छाला, रौँ, हाड र प्वाँखसमेत प्रयोग नगर्ने अभ्यासलाई जोड दिइन्छ। कार्यक्रम आयोजकमध्येकी शोभा भुजेलका अनुसार, “पशुजन्य उद्योग र उपभोगले जलवायु परिवर्तन र पशु–क्रुरता दुवै बढाइरहेका छन्। यही सन्देश फैलाउनका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ।”

प्रदर्शनमा ४० भन्दा बढी कलाकारका चित्रकला (पेन्टिङ) प्रदर्शनमा राखिएका थिए, जसले जनावरहरूको पीडा, पर्यावरणीय संकट, र मानवको करुणा–भावनालाई कलामार्फत् चित्रण गरेका थिए। प्रदर्शनीमा राखिएका केही कलाकृति बिक्री समेत गरिएका थिए, जसबाट संकलित रकम प्राणी कल्याणका लागि खर्च गरिने आयोजकहरूले जनाएका छन्।

संगीत, नृत्य, कविता वाचन र शाकाहारी परिकारका स्टलहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। लभिङ हार्ट भिगन रेस्टुरेन्ट, द ह्वाइट लोटस भिगन क्याफे र भिगन फुड एन्ड बेभरेज हाउसजस्ता स्थानीय संस्थाहरूले स्वादिष्ट वनस्पतिजन्य भोजनको अनुभव प्रदान गरेका थिए।

कार्यक्रमको विशेष आकर्षण “आर्ट र एक्टिभिजम्” शीर्षकको प्यानल छलफल रहेको थियो। नेपालका प्राणी अधिकार अभियन्ता कृष्ण गुरुङ, नेपाल भिगन ग्यालरीका संस्थापक तथा थाङ्का कलाकार रवि थापा, मल्टीडिसिप्लिनरी आर्टिस्ट अविशमान शाक्य, र अभिनेत्री सरिता राजोपाध्यायजस्ता वक्ताहरूले कला र करुणालाई जोड्ने माध्यमका रूपमा अहिंसाको महत्वबारे विचार व्यक्त गरे।

कार्यक्रममा ‘शाकाहार तर्काधार’ पुस्तकका लेखक रघु आदित्यले शाकाहारको दर्शन र नैतिक जीवनशैलीबारे विशेष प्रस्तुति दिएका थिए। उनले भने, “सत्य र अहिंसाको पक्षमा बोलिरहनु मानवीय दायित्व हो—यही बाटोले समाजमा करुणा फैलाउँछ।”

आयोजक दिपेश श्रेष्ठका अनुसार, कार्यक्रमको उद्देश्य गैरमानव प्राणीको पीडा र आवाजलाई कला र संगीतमार्फत् समाजमाझ पुर्‍याउने हो। तीन वर्षदेखि सक्रिय नेपाल भिगन ग्यालरीले कला र सहानुभूतिलाई जोड्दै शोषणमुक्त विश्वको कल्पनालाई सशक्तरूपमा अघि बढाइरहेको उनले बताए।

कार्यक्रमलाई उत्पला क्याफे र थ्राइभ फिलान्थ्रोपीले सहयोग गरेका थिए।

Related Posts

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
मुख्य समाचार

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट

April 29, 2026
सभामुख अर्याल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
समाचार

सभामुख अर्याल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

April 28, 2026
सगरमाथाको बाटो खुल्यो: आरोहण मार्ग औपचारिक रूपमा सञ्चालनमा
अर्थतन्त्र

सगरमाथाको बाटो खुल्यो: आरोहण मार्ग औपचारिक रूपमा सञ्चालनमा

April 28, 2026
सरकारी गाडी फिर्ता: ६२२ सवारी साधन फिर्ता ल्याइयो
समाचार

सरकारी गाडी फिर्ता: ६२२ सवारी साधन फिर्ता ल्याइयो

April 28, 2026
काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा
समाचार

काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा

April 27, 2026
सरकारको एक महिना: सुधार एजेन्डा बीच राजनीतिक तातो अवस्था
समाचार

सरकारको एक महिना: सुधार एजेन्डा बीच राजनीतिक तातो अवस्था

April 27, 2026
आईटी निर्यातको लक्ष्य: एआई र प्रविधिमा नेपाललाई हब बनाउने तयारी
प्रविधि

आईटी निर्यातको लक्ष्य: एआई र प्रविधिमा नेपाललाई हब बनाउने तयारी

April 27, 2026
अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित
शिक्षा

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

April 27, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.