• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Monday, June 15, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्ह प्रदान

EasyKhabar by EasyKhabar
November 13, 2025
in समाचार, मुख्य समाचार
0
A A
0

काठमाडौँ । नेपाल प्रहरीका नव–नियुक्त महानिरीक्षक (IGP) दान बहादुर कार्की बिहीबार दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएका कार्कीलाई गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहबीच गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।

समारोहमा गृहसचिव दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा नेपाल प्रहरीको प्रमुखको रूपमा कार्कीलाई जिम्मेवारी दिएको उल्लेख गर्दै, उहाँको नेतृत्वमा देशभर शान्ति–सुरक्षा तथा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहने बताउँदै, सरकार त्यसका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

गृहसचिव दंगालले हाल देखिएका विकृति–विसंगतिहरू अन्त्य गरी सुशासन स्थापना गर्न सरकारको दायित्व रहेको र त्यसका लागि नेपाल प्रहरीसँग घनिष्ठ समन्वय र सहकार्य हुने प्रतिवद्धता जनाउनुभयो।

दर्ज्यानी चिन्ह ग्रहण गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल सरकारले आफ्नो करिब २८ वर्षको समर्पण, निष्ठा र इमानदारीको कदर गर्दै जिम्मेवारी सुम्पेकोमा कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले यो जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शिता र जवाफदेहिताका साथ निभाउँदै नागरिक सुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिवद्धता जनाउनुभयो।

कार्कीले देशमा सुशासन कायम गर्नु, निर्वाचनलाई भयरहित बनाउनु र सुरक्षा चुनौतीहरूको सामना गर्न संगठनलाई सुदृढ बनाउने, मनोबल उच्च राख्ने र प्रभावकारी समन्वय गर्ने योजना रहेको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्च अधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

दर्ज्यानी चिन्ह प्राप्त गरेपछि IGP कार्कीले प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यभार ग्रहण गर्दै पदबहाली गर्नुभयो। कार्यालय प्रवेश गर्दा उहाँलाई अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक तथा प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

त्यस अवसरमा कार्कीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी अमर प्रहरीप्रति श्रद्धाञ्जली समेत अर्पण गर्नुभयो।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको संक्षिप्त जीवनी

प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीका ३३औं IGP हुनुहुन्छ। उहाँको जन्म वि.सं. २०२९ साउन १५ गते गुल्मी जिल्लाको साविक घमिर–५ (हाल मालिका गाउँपालिका–७) मा पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखमा भएको हो।

कार्कीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट सेवा आरम्भ गर्नुभएको हो। त्यसयता उहाँले प्रहरी नायव उपरीक्षकदेखि अतिरिक्त महानिरीक्षकसम्मका जिम्मेवारी सफलतापूर्वक वहन गर्नुभएको छ।

राजनीतिशास्त्रमा स्नातकोत्तर कार्कीले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, अपरेशनल कमाण्ड, मानवअधिकार, अपराध अनुसन्धान, रेस्क्यू तालिमलगायत २२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ। उहाँ ‘प्रबल जनसेवा श्री’, संयुक्त राष्ट्रसंघ पदक लगायतका विभूषणबाट सम्मानित हुनुहुन्छ।

उहाँले आफ्नो करियरमा रुकुम, तनहुँ, सप्तरी, कास्की, कपिलवस्तु, काठमाडौं, सुर्खेत र दाङसहित देशका विभिन्न प्रहरी इकाइहरूमा नेतृत्व प्रदान गर्नुभएको थियो। अतिरिक्त महानिरीक्षकको रूपमा उहाँले मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड गर्नुभएको थियो।

प्रहरी महानिरीक्षक कार्कीले आफ्नो कार्यकालमा संगठन सुदृढिकरण, सुशासन प्रवर्द्धन र जनविश्वास अभिवृद्धिमा विशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभएको छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश
समाचार

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

May 21, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

May 15, 2026
मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद
समाचार

मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद

May 9, 2026
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार
मुख्य समाचार

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

May 8, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

May 8, 2026
पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता
मुख्य समाचार

पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता

May 8, 2026
प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म
विशेष समाचार

प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म

May 7, 2026
भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी
विशेष समाचार

भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी

May 6, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d