काठमाडौँ । दलित मुक्तिमोर्चाका संस्थापक अध्यक्ष तथा नेपाल समता पार्टीका संस्थापक उपाध्यक्ष हस्तबहादुर विश्वकर्मा नेसपा (नयाँ शक्ति)मा प्रवेश गर्नुभएको छ।

विश्वकर्मा फोरम लोकतान्त्रिकका पूर्व केन्द्रीय सदस्य र संयुक्त दलित शक्ति राष्ट्रिय मञ्चका संस्थापक अध्यक्ष समेत रहिसक्नुभएको छ। उहाँ दलित आन्दोलनमा लामो समयदेखि सक्रिय, अनुभवी र स्थापित नेताको रूपमा परिचित हुनुहुन्छ।
पार्टीका नेताहरूले विश्वकर्माको प्रवेशले दलित समुदायको राजनीतिक प्रतिनिधित्व र अधिकारका सवालमा नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।








