• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Saturday, May 30, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

एनजिओमा भर नपरी उद्यमशीलतामा लाग्न एलजिबिटिआई समुदायलाई आह्वान

EasyKhabar by EasyKhabar
January 7, 2026
in समाचार, मुख्य समाचार
0
A A
0

काठमाडौँ । पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई उद्यमी बन्ने सोचसहित अघि बढ्न आग्रह गरेका छन्।

मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सञ्चालन गरेको बेकरी तथा बारिष्ठा तालिमका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पन्तले उद्यमशीलताको बाटो रोज्न आग्रह गरेका हुन्।

मायाको पहिचान नेपालले कोथिना मिठो छसँग सम्झौता गरेर तालिम सञ्चालन गरेको जनाएको छ। कोथिना मिठो छले भेदभाव नगरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई आदरका साथ सीप सिकाएकोमा पन्तले खुशी व्यक्त गरे।

पन्तले तालिमपछि प्रमाणपत्र फ्रेम गरेर झुन्ड्याएर मात्र नराख्न सुझाव दिए। बेकरी क्षेत्रमा रोजगारी खोज्न सकिने भए पनि त्यसभन्दा अगाडि बढेर आफैँ उद्यमी बन्ने सोच लिन उनले आग्रह गरे।

“आफैँ उद्यमी बन्ने विचार लिएर आउनुभयो भने के सहयोग चाहिन्छ भन्नुहोस्, सकेको सहयोग हामी गर्छौँ,” पन्तले भने।

सानो बेकरी खोल्न ठुलो रकम आवश्यक नपर्ने उनले बताए। ५ देखि १० लाख रुपैयाँ लगानीमा राम्रो बेकरी सञ्चालन गर्न सकिने उनको भनाइ थियो।

“त्यो दिशामा लाग्नुभयो भने उद्यमी पनि भइन्छ, एक–दुई जनालाई रोजगारी पनि दिन सकिन्छ,” उनले भने, “राम्रोसँग चलाएमा ब्रान्ड स्थापित गर्न सकिन्छ। नेपालभरि मात्र होइन, विदेशमा पनि तपाईँहरूको बेकरी, बारिष्ठा वा रेष्टुराको ब्रान्ड हुनसक्छ।”

उनले अन्य थुप्रै उद्यमका सम्भावना पनि औँल्याए। होमस्टे, गेस्टहाउस, साना होटल, रेष्टुरा सञ्चालन गर्ने, फूल ल्याएर बुके बनाएर बेच्ने जस्ता कामबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताए।

“सानोतिनो रकमबाट सुरु गर्न सकिने धेरै व्यापार छन्,” उनले भने, “त्यस्तो आइडिया चाहियो भने आउनुहोस्, हामी सल्लाह गर्न सक्छौँ।”

समय र स्रोत सही ठाउँमा लगानी गरे भविष्य सुनिश्चित हुने उनले सुझाव दिए। “आफैँ भित्रबाट व्यापारी वा उद्यमी बन्छु भन्ने भाव जाग्नुपर्छ,” उनले भने।

“गर्छु भन्ने अठोट भयो भने सफल हुँदै जान सकिन्छ,” पन्तले भने, “सबै कुरा एनजिओले पैसा दियो भने मात्रै गर्छु, नदिए गर्दिन भन्ने सोचले जिन्दगीमा सफल भइँदैन।”

आफैँले निर्णय गरेर सहयोग माग्नु र कसैले दिएको अवसर झट्टै लिइहाल्ने सोचबीच ठुलो फरक रहेको उनले बताए। कोथिना मिठो छसँगको सहकार्य लामो समयसम्म रहिरहने पन्तले बताए।

शब्द प्रयोगको सन्दर्भमा बोल्दै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक तथा रेन्बो टुरिजमका लागि सांस्कृतिक राजदूतसमेत रहेका पन्तले शब्दभन्दा पनि भाव महत्त्वपूर्ण हुने बताए।

“रेस्पेक्टफुल्ली भनिएको छ भने शब्दभन्दा भाव ठुलो हो,” उनले भने। “जो त्यो पहिचानमा छैन, उसलाई गालीको रूपमा प्रयोग गर्नु हुँदैन।”

बारम्बार गालीका रूपमा प्रयोग हुने शब्दहरू प्रयोग नगर्न उनले आग्रह गरे। “मनभित्र सम्मान र स्वीकारोक्ति भए शब्दले मात्र केही हुँदैन,” उनले भने।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका २४ जनाले दुई हप्ताको बारिष्ठा तथा बेकरी तालिम लिएका छन्। कोथिना मिठो छले पहिलो एक हप्ता बेकरी र अर्को एक हप्ता बारिष्ठा तालिम प्रदान गरेको जनाएको छ।

तालिमको वास्तविक नतिजा रोजगारी वा उद्यममा जोडिँदा देखिने विश्वास कोथिना मिठो छले व्यक्त गरेको छ। कोथिना मिठो छका देवेन्द्र पोखरेलले सबै जना अरू सरह घुलमिल हुने वातावरण बनाइएको दाबी गरे। “अचम्मको कुरा होइन, यो नर्मल कुरा हो,” उनले भने।

“एउटै बगैँचामा फुलेका फूल जस्तै हौँ हामी,” उनले भने, “कोही रातो फुल्छ, कोही सेतो, कोही हरियो। त्यसअनुसार सम्मान गर्नुपर्छ, सँगै काम गर्नुपर्छ।”

तालिम रोजगारी, व्यापार र स्टार्टअपका लागि उपयोगी हुने उनले बताए। “हामी पनि सहयोग गर्छौँ,” उनले भने, “स्किलले नै मानिस अगाडि बढ्ने हो।”

तालिम लिएपछि त्यतिकै नछोड्न उनले सुझाव दिए। निरन्तरता दिए आफ्नै क्याफेटेरिया पनि खोल्न सकिने उनको भनाइ थियो।

कोथिना मिठो छले शुल्क लिएर मात्र नभई छात्रवृत्ति दिएर पनि तालिम दिने गरेको उनले जानकारी दिए। मायाको पहिचान नेपालको सिफारिसमा छात्रवृत्ति प्रदान गरिने पनि उनले बताए।

तालिममा सहभागीहरूले तालिम अत्यन्त राम्रो भएको र प्रयोग गर्ने उत्साह बढेको प्रतिक्रिया दिएका छन्। बारिष्ठा र बेकरी क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको उनीहरूको भनाइ छ।

मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले सजिलो ढङ्गले सिक्न पाइएको बताए। “कम्फर्ट भयो, धेरै ज्ञान बोकेर जाँदैछौं,” उनले भने।

तालिममा सहभागी टिना राईले नपढेका व्यक्तिले सक्दैन कि भन्ने डर रहेको सुनाइन्। १५ दिनको तालिम भए पनि कोथिना मिठो छमा वर्षौँदेखि बसेजस्तो अनुभव भएको उनले बताइन्।

ज्ञानु लामाले पढाइ नभए पनि धेरै सीप सिक्न पाएको बताइन्। “दिमागले गर्न सकिने काम सिकाइदिएकोमा धन्यवाद,” उनले भनिन्।

प्रिया न्यौपानेले तालिम प्रयोगमा ल्याउन आर्थिक रूपमा सक्षम हुनुपर्ने बताइन्। थप तालिमको आवश्यकता रहेको उनको भनाइ थियो।

बाबु दुमि राईले जीवनमा सीप अत्यन्त आवश्यक हुने बताए। “जागिर खोज्नेभन्दा क्षमता र योग्यता देखाउने बाटो खुलेको छ,” उनले भने।

यो सुरुवातको चरण मात्र भएको र भविष्यमा स्किल बढाउँदै जानुपर्ने उनले बताए।

स्किल डेभलपमेन्टको अवसर दिएकोमा प्रदीप थापाले मायाको पहिचान नेपाललाई धन्यवाद दिए। “मैत्रीपूर्ण वातावरणमा सिक्न पायौँ,” उनले भने, “आगामी दिनमा अवसर आए ग्राप गर्छु।”

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश
समाचार

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

May 21, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

May 15, 2026
मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद
समाचार

मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद

May 9, 2026
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार
मुख्य समाचार

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

May 8, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

May 8, 2026
पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता
मुख्य समाचार

पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता

May 8, 2026
प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म
विशेष समाचार

प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म

May 7, 2026
भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी
विशेष समाचार

भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी

May 6, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d