• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Sunday, September 13, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

नवलपुर जिल्ला समाज यूकेको नयाँ नेतृत्व चयन, सन्तोष रेग्मी अध्यक्ष

EasyKhabar by EasyKhabar
April 22, 2026
in प्रवास, विशेष समाचार
A A
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

लन्डन । नवलपुर जिल्ला घर भई बेलायतमा बसोबास गर्दै आएका नवलपुरेलीहरूको साझा संस्था नवलपुर जिल्ला समाज यूकेले नयाँ नेतृत्व पाएको छ। आइतबार लन्डनको वेलिङस्थित सेन्ट माइकल कम्युनिटी सेन्टरमा सम्पन्न चौथो अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सन्तोष रेग्मी चयन भएका छन्। उपाध्यक्षमा प्रकाश कंडेल र युवराज राना रहेका छन् भने महिला उपाध्यक्षमा किताबी सारु मगर चयन भएकी छन्। महासचिवमा बिकेन रानामगर, सचिवमा ओम महतो र कोषाध्यक्षमा खुमराज पाठक चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा लोकेन्द्र रानामगर, मोति आले, जुना गुरुङ, सागर पाइजा, राजेन्द्र गिरी, ओमकला बस्याल, सुनिता ढकाल, कृष्णराज सापकोटा, धनराज थापामगर, लक्ष्मण अर्याल र गंगा सापकोटा रहेका छन्।

होम शर्माको संयोजकत्वमा टिकाराम सापकोटा र संस्थापक अध्यक्ष इन्द्रजीत सारुमगर सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन प्रक्रिया सञ्चालन गरेको थियो।

यसअघि निवर्तमान अध्यक्ष मीना सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरिएको थियो।

अधिवेशन सम्पन्न भएसँगै सोही स्थलमा नेपाली नयाँ वर्षको अवसर पारेर समाजले विविध सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदान–प्रदान कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममा नेपालबाट आमन्त्रित नवलपुरे गायिका रुपी सिञ्जाली मगरले विशेष सांगीतिक प्रस्तुति दिँदै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन्।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला
विशेष समाचार

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला

September 10, 2026
ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी
अर्थतन्त्र

ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी

September 10, 2026
संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग
प्रवास

संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग

September 10, 2026
बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link
अर्थतन्त्र

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

August 24, 2026
लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान
प्रवास

लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

August 15, 2026
क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन
प्रवास

क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन

May 22, 2026
लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित
प्रवास

लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित

May 8, 2026
बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी
प्रवास

बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी

May 8, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d