सभामुख डोल प्रसाद (डीपी) अर्याल सँग नेपालका लागि चिनियाँ राजदूत Zhang Maoming ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

संघीय संसद भवनमा भएको उक्त भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय विषयमा विस्तृत विचार आदानप्रदान भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटका क्रममा दुवै पक्षले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, प्राविधिक तथा जनस्तरको सहकार्य विस्तार गर्ने विषयमा जोड दिएका छन्। सभामुख अर्यालले नेपालको विकास, सुशासन र समृद्धिका लागि मित्रराष्ट्र चीन को निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।
जवाफमा राजदूत Zhang Maoming ले नेपालको स्थायित्व, विकास र समृद्धिमा चीनको साथ रहने प्रतिबद्धता दोहोर्याउँदै आपसी सहकार्यलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो।
उक्त भेटलाई नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।










