Saturday, March 21, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

नेपालको ऋण २८ खर्ब नाघ्यो

EasyKhabar by EasyKhabar
January 20, 2026
in अर्थतन्त्र, मुख्य समाचार
0
A A
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ ।

चालु आर्थिक वर्ष २०८२र८३ को सुरु हुँदा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा पुस मसान्तसम्ममा  एक खर्ब ३२ अर्ब ३४ करोड थप वृद्धि भई  २८ खर्ब छ अर्ब ३९ करोड पुगेको हो ।

हाल सरकारले तिर्न बाँकी कुल सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ९५ प्रतिशत बराबर हुन आउँछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशतअर्थात् १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख र आन्तरिक ऋणको हिस्सा ४७ प्रतिशतअर्थात्  १३ खर्ब १९ अर्ब १३ करोड १० लाख रहेको छ । कुल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६० र बाह्य ऋणको अनुपात २४ दशमलव ३५ प्रतिशत रहेको छ ।

सरकारले चालु आवका लागि पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ ।अर्धवार्षिक समीक्षा अवधिसम्ममा  दुई खर्ब १४ अर्ब ५५ करोड प्राप्ति भइसकेको छ । जुन वार्षिक लक्ष्यको ३६ दशमलव ०२ प्रतिशत हुन आउँछ ।

पछिल्लो छ महिनामा सरकारले उठाएको ऋणमा आन्तरिक ऋणको हिस्सा ८२ दशमलव ८१ र बाह्य ऋणको हिस्सा १७ दशमलव १९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

सरकारले चालु आवका लागि  तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्ममा  एक खर्ब ७७ अर्ब ६६ करोड ६९ लाख बराबर उठाइसकेको छ ।

त्यस्तै, बाह्य ऋणतर्फ  दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म ३६ अर्ब ८९ करोड २२ लाख मात्रै उठाएको छ ।

सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा पनि पछिल्लो छ महिनामा ठुलो रकम खर्च भएको छ । सार्वजनिक ऋणको साँवा ब्याज तिर्न सरकारले चालु आवका लागि चार खर्ब ११ अर्ब एक करोड बजेट विनियोजन गरेकोमा गत पुस मसान्तसम्ममा  एक खर्ब ८७ अर्ब १२ करोड भुक्तानी भइसकेको छ ।

जसमध्ये आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीका लागि  एक खर्ब ५५ अर्ब १३ लाख ५४ हजार र बाह्ण ऋण तिर्नका लागि  ३१ अर्ब ९९ करोड १२ खर्च भएको छ ।

त्यस्तै, आन्तरिक र बाह्य दुवै शीर्षकका ऋणको साँवा भुक्तानीका लागि पछिल्लो छ महिनामा  एक खर्ब ५२ अर्ब ८९ करोड र ब्याज भुक्तानीका लागि ३४ अर्ब २३ करोड खर्च भएको कार्यालयले जनाएको छ ।

कुल गार्हस्थ्य उत्पादनको आधारमा पुस मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ०६ प्रतिशत हुन आउँछ ।

Related Posts

Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

निर्वाचन अपडेट: आज रातिदेखि मौन अवधि सुरु

March 2, 2026
प्रलोपा नवलपुरमा पिताम्बर र मान सिंह महतो चुनावी मैदानमा
मुख्य समाचार

प्रलोपा नवलपुरमा पिताम्बर र मान सिंह महतो चुनावी मैदानमा

March 2, 2026
दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम
प्रवास

दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

February 17, 2026
माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन
मुख्य समाचार

माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन

February 3, 2026
भाटभटेनी : जेन–जे आन्दोलनको क्षतिपछि कोटेश्वर शाखा पुनः सञ्चालनमा
English

भाटभटेनी : जेन–जे आन्दोलनको क्षतिपछि कोटेश्वर शाखा पुनः सञ्चालनमा

February 3, 2026
टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प
अर्थतन्त्र

दक्षिण कोरियालाई २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

January 27, 2026
इन्जिनियर आचार्य विरुद्ध ६ करोड ७९ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोप
अर्थतन्त्र

इन्जिनियर आचार्य विरुद्ध ६ करोड ७९ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोप

January 27, 2026
नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार
मुख्य समाचार

नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार

January 20, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.