• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Friday, October 23, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

कर्णली समाज यूकेद्वारा परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यबारे मोटिभेसनल सेमिनार आयोजना हुँदै

EasyKhabar by EasyKhabar
January 8, 2026
in प्रवास
A A
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

लण्डन । बेलायतमा क्रियाशील कर्णली समाज यूकेले परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउने उद्देश्यले एक विशेष मोटिभेसनल तथा मानसिक स्वास्थ्य सेमिनार आयोजना गर्ने भएको छ।


विदेशी भूमिमा बसोबास गरिरहेका लाखौँ नेपालीहरूका लागि मानसिक स्वास्थ्य (Mental Health) पछिल्लो समय अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय बनेको छ। परिवार, संस्कार, सामाजिक सहारा र आत्मीयताबाट टाढा रहँदा परदेशी जीवनले धेरै नेपालीलाई मानसिक रूपमा कमजोर बनाइरहेको यथार्थ सर्वविदित छ। यही अवस्थालाई ध्यानमा राख्दै कर्णली समाज यूकेले मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान, व्यवहारिक सीप र सकारात्मक सोच विकास गराउने उद्देश्यसहित कार्यक्रम ल्याएको जनाएको छ।

आयोजकका अनुसार सेमिनारमा डिप्रेशन (Depression), एक्लोपन (Loneliness), तनाव व्यवस्थापन (Stress Management), जीवन व्यवस्थापन (Life Management), माइन्डफुलनेस (Mindfulness) तथा आर्ट अफ लिभिङ (Art of Living) जस्ता विषयहरू समेटेर छलफल तथा प्रेरणादायी प्रस्तुति हुनेछ। कार्यक्रम करिब २ घण्टा लामो रहने जनाइएको छ।

सेमिनार परदेशमा बसोबास गर्ने नेपालीहरूलाई मुख्य रूपमा लक्षित गरिएको भए पनि नेपालमा रहेका व्यक्तिहरूका लागि पनि समान रूपमा लाभदायक हुने आयोजकको भनाइ छ। मानसिक स्वास्थ्यमा समस्या बढ्दै जाँदा त्यसले व्यक्ति, परिवार र समुदायसम्ममा नकारात्मक प्रभाव पार्ने र कहिलेकाहीँ गम्भीर दुर्घटनासम्म निम्त्याउन सक्ने भएकाले समयमै सचेतना र सहयोग आवश्यक रहेको आयोजकले बताएका छन्।

कर्णली समाज यूकेका अध्यक्ष जिबन बी. शाहीका अनुसार उक्त सेमिनारबाट बेलायत र नेपाल गरी ५०० भन्दा बढी व्यक्तिहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। “स्वास्थ्यभन्दा ठूलो कुनै धन हुँदैन,” भन्दै उनले सबैलाई समय निकालेर कार्यक्रममा सहभागी हुन अनुरोध गरे।

सेमिनारमा सहभागी हुन चाहनेहरूले कर्णली समाज यूकेको फेसबुक पेजमार्फत सम्पर्क गर्न सक्ने जानकारी पनि आयोजकले दिएका छन्।

Related Posts

संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग
प्रवास

संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग

September 10, 2026
बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link
अर्थतन्त्र

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

August 24, 2026
लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान
प्रवास

लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

August 15, 2026
क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन
प्रवास

क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन

May 22, 2026
लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित
प्रवास

लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित

May 8, 2026
बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी
प्रवास

बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी

May 8, 2026
बेलायतमा वंशजको नेपाली नागरिकता निरन्तरताका लागि NRNA UK को जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम
प्रवास

बेलायतमा वंशजको नेपाली नागरिकता निरन्तरताका लागि NRNA UK को जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम

May 7, 2026
दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न
प्रवास

दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

May 5, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.