• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Friday, October 23, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

यूएईमा थारु संवत् २६४९ तथा माघी पर्व भव्य रूपमा सम्पन्न

EasyKhabar by EasyKhabar
January 16, 2026
in प्रवास
A A
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

अनुराग महतो/यूएई । थारु कल्याणकारिणी सभा यूएईद्वारा आयोजित १२औँ वार्षिक भेला तथा माघी पर्व एवं थारु नयाँ वर्ष २६४९ विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

“थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापना गरिएको संस्थाले प्रवासमा रहेर पनि थारु समुदायको मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै यो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमका संयोजक महेश चौधरीले माघी पर्वको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गरे। प्रमुख अतिथि भागीरथी कुमार भगतले थारु भाषा, कला र संस्कृतिको संरक्षण नगरे समुदायको पहिचान नै संकटमा पर्न सक्ने उल्लेख गर्दै यसको जगेर्नामा सबै एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक खेम चौधरीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। साथै लोकप्रिय गायक तथा कार्यक्रम प्रस्तोता केशव राज महतोको साथमा कृष्ण गुंजन, श्याम सिटी लगायत स्थानीय कलाकारहरूले आकर्षक प्रस्तुति प्रस्तुत गरेका थिए।

अष्टोरिया होटलस्थित क्लब एभरेष्टको हलमा सम्पन्न कार्यक्रममा नेफिन यूएईका अध्यक्ष भागीरथी कुमार भगत प्रमुख अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रम रामानन्द चौधरीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा यूएईस्थित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन केशव राज महतो र दिव्या कुमारी महतोले गरेका थिए।

सांस्कृतिक भेषभूषा, कला, संस्कृति तथा मौलिक पहिचान झल्काउने माघी पर्व ( खिचरी, तिला संक्रान्ति, तिला सकरा, खिचरा, खिचडी, माघ, माघ लहान) लाई भव्य र सफल बनाउन नैतिक, भौतिक तथा आर्थिक सहयोग पुर्‍याउने सम्पूर्ण अग्रज, बुद्धिजीवी, संस्थाका पदाधिकारी, सदस्य, प्रायोजक तथा यूएईमा पेशागत एवं व्यवसायिक रूपमा आबद्ध दाजुभाइ तथा दिदीबहिनीहरूप्रति आयोजक संस्थाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

Related Posts

संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग
प्रवास

संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग

September 10, 2026
बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link
अर्थतन्त्र

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

August 24, 2026
लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान
प्रवास

लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

August 15, 2026
क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन
प्रवास

क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन

May 22, 2026
लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित
प्रवास

लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित

May 8, 2026
बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी
प्रवास

बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी

May 8, 2026
बेलायतमा वंशजको नेपाली नागरिकता निरन्तरताका लागि NRNA UK को जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम
प्रवास

बेलायतमा वंशजको नेपाली नागरिकता निरन्तरताका लागि NRNA UK को जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम

May 7, 2026
दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न
प्रवास

दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

May 5, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.