काठमाडौँ । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचकाङ्क (AQI) अनुसार आज उपत्यकाको वायु गुणस्तर सूचकाङ्क २०४ पुगेको छ, जसलाई “धेरै अस्वस्थ” श्रेणीमा राखिन्छ।

प्रदूषण बढेसँगै उपत्यकाको आकाश धुम्म देखिएको छ भने वातावरणमा धुलो र धुवाँको मात्रा उच्च रहेको छ। यस अवस्थाले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई बढी असर पार्ने विज्ञहरूले बताएका छन्।
स्वास्थ्यविद्हरूले अनावश्यक रूपमा बाहिर ननिस्कन, निस्कनै परेमा मास्क प्रयोग गर्न र पानी प्रशस्त पिउन सुझाव दिएका छन्। साथै, सरकारी निकायहरूलाई प्रदूषण नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ।
विशेषज्ञका अनुसार लामो समयसम्म यस्तो प्रदूषण कायम रहँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।








