लन्डन/एन्डोभर, बेलायत । बेलायतमा दर्ता भई अन्तर्राष्ट्रिय टिकट हवाई, कार्गो, कुरियर तथा ग्लोबल मोबिलिटी सेवामा सक्रिय Sarvansh GlobalLink Services Ltd ले बेलायत, नेपाल तथा अन्य अन्तर्राष्ट्रिय बजारबीच मानिस र सामानको आवागमनलाई सहज बनाउने लक्ष्यका साथ आफ्नो सेवा विस्तार गरिरहेको छ।

कम्पनीको अनुसार फ्लाइट बुकिङ, फ्रेट फर्वार्डिङ, कुरियर सेवा तथा ग्लोबल मोबिलिटी सम्बन्धी सेवा प्रदान गर्दै आएको छ। कम्पनीले विशेषगरी विदेश यात्रा गर्ने विद्यार्थी, परिवार, रोजगारीका लागि स्थानान्तरण हुने पेशाकर्मी तथा अन्तर्राष्ट्रिय व्यापार गर्ने व्यवसायलाई लक्षित गरी सेवा उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार यसको उद्देश्य अन्तर्राष्ट्रिय यात्रा, स्थानान्तरण र सामान ढुवानी प्रक्रियालाई थप सरल, व्यवस्थित र पहुँचयोग्य बनाउनु हो। कम्पनीले बेलायत, नेपाल, भारत, चीन तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यसँग सम्बन्धित सेवा र सहकार्य विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

Sarvansh GlobalLink को वेबसाइटमा कम्पनीले अन्तर्राष्ट्रिय यात्रा व्यवस्थापन, एयर तथा अन्य फ्रेट ढुवानी, घरदैलो कुरियर सेवा र विदेशमा अध्ययन वा रोजगारीका लागि स्थानान्तरणसम्बन्धी सहयोग उपलब्ध गराउने उल्लेख गरेको छ। ग्लोबल मोबिलिटी सेवाअन्तर्गत विश्वविद्यालय प्लेसमेन्ट, व्यावसायिक तालिम, रोजगारी मिलान, भिसा सम्बन्धी मार्गदर्शन तथा यात्रा अघिको तयारी र आगमनपछिको सहयोगसमेत समेटिएको कम्पनीको दाबी छ।

कम्पनीको संस्थापक तथा निर्देशक शेखर गुरौ ले गरिरहेका छन्। कम्पनीले विविध पृष्ठभूमिका ग्राहकलाई लक्षित गर्दै विश्वास, सम्मान, उत्कृष्टता, समावेशिता र सरलतालाई आफ्ना प्रमुख मूल्यका रूपमा प्रस्तुत गरेको छ।
त्यसैगरी अर्का संस्थापक तथा निर्देशक कुमार गुरुङका अनुसार कम्पनी विशेषगरी नेपाल र बेलायत बीच व्यवशाय, टुर्सट्राभल, संस्कृति, आर्थिक कुराहरुलाई जोड्ने मुख्य योजना राखेको बताउनुभयो ।
बेलायतमा बसोबास गर्ने नेपाली तथा दक्षिण एसियाली समुदायसँग अन्तर्राष्ट्रिय यात्रा, सामान ढुवानी र स्थानान्तरणसम्बन्धी सेवाको माग बढिरहेको अवस्थामा Sarvansh GlobalLink जस्ता कम्पनीहरूले समुदाय र अन्तर्राष्ट्रिय बजारबीच सेवा समन्वय गर्ने अवसर देखिएको छ।

कम्पनीले आफ्नो सेवामा स्पष्ट सञ्चार, ग्राहककेन्द्रित सहयोग र व्यवस्थित समन्वयलाई प्राथमिकता दिने जनाएको छ। कम्पनीको Business Manager स्विटी नकर्मीको अनुसार यस कम्पनी British International Freight Association (BIFA) सँग सम्बन्धित रहेको उल्लेख गरेको छ। साथै कम्पनि IATA (International Air Transport Association) र ATOL certified रहेको जानकारी दिनुभयो ।










