Sunday, February 15, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

बेलायतमा माघी महोत्सव आयोजना हुने

EasyKhabar by EasyKhabar
December 21, 2025
in प्रवास, मुख्य समाचार
0
A A
0
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

लन्डन । बेलायतमा क्रियाशील थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा युके ले दोस्रो पटक भव्य रूपमा थारु माघी महोत्सव आयोजना गर्ने भएको छ। थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको यो महोत्सव बुधबार, जनवरी १४, २०२६ मा लन्डनस्थित Hotel Hilton Garden Inn Heathrow मा सम्पन्न हुनेछ।

२०२५ को कार्यक्रमको तस्बिर

आयोजकका अनुसार महोत्सवमा थारु समुदायको प्रमुख पर्व माघी (खिचरी, तिला सक्राइत, खिचडी, खिचरा, माघ) को सांस्कृतिक महत्वलाई उजागर गरिनेछ। कार्यक्रममा थारु परम्परागत खानाका परिकार, मौलिक नृत्य, सांगीतिक प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छन्।

महोत्सवमा बेलायतका विभिन्न सहरहरूबाट थारु समुदायका साथै अन्य नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले परदेशी जीवनमा रहेका थारु समुदायलाई आफ्नो संस्कृति, भाषा र परम्परासँग जोड्ने तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना विकास गर्ने लक्ष्य रहेको बताएका छन्।

महोत्सवमा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि प्रवेश टिकट ३० पाउण्ड निर्धारण गरिएको छ। बिहान १२ बजेदेखि राति १० बजेसम्म चल्ने कार्यक्रममा पारिवारिक तथा सांस्कृतिक वातावरणमा माघी पर्व मनाइनेछ।

कार्यक्रमको मिडिया पार्टनरका रूपमा एक्सेस मिडिया प्रा.लि. ले संचालन गरेको www.easykhabar.com रहनेछ, जसले महोत्सवसम्बन्धी समाचार, तस्बिर तथा भिडियो सामग्रीलाई व्यापक रूपमा प्रचार–प्रसार गर्नेछ।

थारु कल्याणकारिणी सभा युकेले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई थारु संस्कृति र पहिचानको उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।

Related Posts

माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन
मुख्य समाचार

माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन

February 3, 2026
भाटभटेनी : जेन–जे आन्दोलनको क्षतिपछि कोटेश्वर शाखा पुनः सञ्चालनमा
English

भाटभटेनी : जेन–जे आन्दोलनको क्षतिपछि कोटेश्वर शाखा पुनः सञ्चालनमा

February 3, 2026
टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प
अर्थतन्त्र

दक्षिण कोरियालाई २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

January 27, 2026
इन्जिनियर आचार्य विरुद्ध ६ करोड ७९ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोप
अर्थतन्त्र

इन्जिनियर आचार्य विरुद्ध ६ करोड ७९ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोप

January 27, 2026
नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार
मुख्य समाचार

नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार

January 20, 2026
नेपालको ऋण २८ खर्ब नाघ्यो
अर्थतन्त्र

नेपालको ऋण २८ खर्ब नाघ्यो

January 20, 2026
यूएईमा थारु संवत् २६४९ तथा माघी पर्व भव्य रूपमा सम्पन्न
प्रवास

यूएईमा थारु संवत् २६४९ तथा माघी पर्व भव्य रूपमा सम्पन्न

January 16, 2026
लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव
प्रवास

लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

January 16, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.